Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

भागवण्डा गर्नाले विग्रेको हो विश्वविद्यालय

शनिबार, १६ साउन २०७२

Indra Lal Sharma नेपालका सबै विश्वविदालयमा शैक्षिक स्तर खस्कनु र विश्वविद्यालयको प्रशासन अस्तव्यस्त हुनुमा विश्वविद्यालयमा प्राज्ञिक, कार्यक्षमता, इमान्दारीता, अनुभवी र विश्वविद्यालय संचालन गर्ने दूरदृष्टी नभएका व्यत्तिहरुलाई आस्थाका आधारमा पार्टीमा सम्बद्ध, वढि राजनितिमा प्रतिवद्ध व्यक्तिलाई भागवण्डा गरी नियुक्त गर्नाले विग्रेको हो भन्ने कुरा आम प्रवुद्ध स्वाभीमानी प्राज्ञिक वर्गमा व्यापक चर्चा छ ।

तसर्थ यो कुरालाई मनन गरी नेपाली काग्रेंसको उच्च पदमा बसेका उच्च पदस्थ व्यक्तिहरुले आफना पार्टीको व्यक्ति विश्वविद्यालयहरुको कुलपति, सहकुलपति भएको बेलामा असल व्यक्तिको खोजी गरी निष्पक्ष ढंगबाट प्राज्ञ व्यक्तिलाई पदाधिकारी नियुक्त गर्ने परम्परा बसाल्न विनम्र अनुरोध गर्दछु । 

कमसेकम नेपाली कांग्रेसको सभापति प्रधानपन्त्री भएको बेला कुलपतिको हैसियतले शैक्षिक क्षेत्रमा यो कामको सुधारको थालनी भने शुशिल कोइरालाबाट भएको हो भन्ने प्राज्ञिक वर्गमा भोलिका दिनमा संझीरहने काम त गरौं । 

यदि भागवण्डा बाहेक यो मुलुकमा अर्को विकल्प कुनै हालतमा हुन नसक्ने भए कमसे कम पार्टीको उच्च निकायले आफनो आफनो पार्टीमा असल व्यक्तिको खोजी गरौं । विश्वविद्यालय भित्र विगतमा सम्बन्धन लगायत अन्य कामका विषयमा अनियमितता र भ्रष्टाचारमा मुछिएका पदाधिकारी लाई छानविन र कार्वाहीको माग उठीरहेको बेला तिनै पदाधिकारी मध्येबाट कसैको नाम सिफारिस तल्नो निकायबाट आउँछ भने त्यो कार्यान्वयन कदापी नगरौं । 

विश्वविद्यालयहरु हामी सबैको जिवन सुधार गर्ने साझा शैक्षिक स्ांस्था हुन । यीनीहरुमा सुधार भएमा हाम्रा सन्ततीहरु सुध्रिन्छन । सन्तती सुध्रिनु नै हाम्रो देशले काँचुली फेर्ने हो । यदि ज्ञानको अनुभव भया ।

प्रतिक्रिया