Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

साक्षरता दिवस र तीन प्रकारका मान्छे

मंगलबार, २२ भदौ २०७२
Bimal Kumar Phnuyal

आज विश्व साक्षरता दिवस !

नेपाललाई समुन्नत बनाउन सबै नेपाली साक्षर बन्नु पर्छ । आधारभूत शिक्षा र साक्षर बन्न पाउनु सबैको हक हो ।

अहिले नेपाल र बिश्वमा तीन प्रकारका मान्छे छन्:

साक्षर, असाक्षर र कुसाक्षर ।

अक्षर राम्ररि चिनेको, लेखपढ गर्न जान्ने, साक्षरताको ज्ञान र सीप लाई प्रयोग गरेर आफ्नो पेशागत कामलाई प्रभावकारी बनाउनेहरु साक्षर समुदायमा पर्छन ।

साक्षर बन्ने अवसर नै नपाएर अक्षर नचिनेका वा लेखपढ गर्ने सीप नहुनेहरु असाक्षर हुन ।सामाजिक अन्यायमा परेर मान्छेहरु असाक्षर बन्न पुग्छन्, रहर ले असाक्षर बन्ने होईन । गरीब, दुखि, सामजिक रुपमा उत्पीडित वर्गका मान्छे नै असाक्षर हुन पुगेका हुन्छन ।

समाजमा कुसाक्षरहरु पनि छन । लेखपढ गर्न जान्ने, तर आफ्नो साक्षरताको सीपलाई कुप्रयोग गरेर जानिजानी अरुलाई ठग्ने, शोषण गर्ने वा भ्रष्टाचार गर्ने हरु कुशाक्षर हुन । उहिलेका १०० रुपैयाँ रिन दिएर १००० को तमसुक बनाउने हरु कुशाक्षर थिए । अहिले पनि कानुनी ज्ञान कुप्रयोग गरेर ठग्ने देखी डाक्टरी ज्ञान कुप्रयोग गर्ने सम्मका कुशाक्षरहरु छन । प्लेगिएरिज्म वा बौध्दिक चोरि गर्ने पनि कुशाक्षर नै हुन । मतदातालाई झुक्याउने दलिय नेता पनि कुशाक्षर नै हुन । गलत प्रतिवेदन पेश गरेर बैदेशिक सहयोग दुरुप्रयोग गर्ने गैससकर्मी पनि कुशाक्षर नै परे। जानी जानी अरुको चरीत्र हत्या गर्न कलम चलाउने पत्रकार पनि कुसाक्षर नै हुन । सबै क्षेत्रमा कुशाक्षरहरु उपिया जस्तै उफ्री रहेका भेटिन्छन ।

अभियान चाहियो !

असाक्षर लाई साक्षर बनाउने अभियान !
आधारभूत साक्षरलाई सुसाक्षर बनाउने अभियान !
कुसाक्षरहरुलाई उचित दण्ड दिने अभियान !
नेपाललाई सर्वसाक्षर मुलुक बनाउने अभियान !

Happy International Literacy Day!

प्रतिक्रिया