स्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष नीरेन्द्र कुँबरको आलेख अ पढेपछि फेसबुक मार्फत प्राप्त प्रतिकृया :
२०७२ असोजमा आएर पनि उही ०६३ को out dated सम्झौता उठाएर शिक्षा र शिक्षकको समस्या समाधान हुदैंन । सबै अस्थायी शिक्षकलाई एउटै प्रक्रियावाट स्थायी गरिनु पर्छ । ०६३ १ १० र १ ११ को एक दिनको नियुक्ति मिति फरकले स्थायी हुने प्रक्रिया फरक हुनु हुन्न । लेखमा भने बमोजिम कानुन संशोधन गरे १ दिन अधिको स्थायी हुने अरुको गाँस र रोटी नै जाने हुन्छ ।
अब फेरि सबैलाई समेट्ने गरि सम्झौता गरि या नगरी कानुन संशोधन गर्नु पर्छ । १० वर्ष अगाडिको सम्झौता मात्र हैन २०७० असोज १३ को सम्झौता पनि विर्सनु भएन । १० वर्षमा युग नै नयाँ भै नयाँ संविधान नै आइ सकेको वेला पुरानै कुरा समयानुकुल भएन ।
प्रतिक्रिया