Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

शिक्षकद्वारा सहकर्मीमाथि दुव्यहार

मंगलबार, २९ बैशाख २०७२

 काठमाडौं २९ वैशाख/संखुवासभाको नुनढाकी गाबिसस्थित सिंहदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार चापागाईले आफनै सहमर्की शिक्षिकामाथि लामो समयदेखि दुव्र्यवहार गर्दै आएको खुलेको छ । 

त्यही विद्यालयमा कार्यरत एक शिक्षिकाले आफूमाथि खादबारी नगरपालिका १० घर भएका चापागाईले २०७१ कातिकदेखि निरन्तर रुपमा धक्की दिदै दुव्र्यवहार गरेको उजुरी दर्ता गरेपछि घटना बाहिर आएको हो । प्रहरीले चापागाईलाई नियन्त्रणमा लिएको छ । शिक्षिकामाथि यौनजन्य हिंसा भएको प्रहरीले निष्कर्ष निकालेको छ । 

आफूसंग यौनसम्पर्क राख्न लामो समयदेखि दबाब दिएको र नमानेपछि अपहरण गर्ने, गाली गर्ने, हत्या गर्ने जस्त धम्की दिएको पीडित शिक्षिकाले बताएकी छिन् । मोरङ घर भएकी ति शिक्षिका शिक्षक सेवा आयोग उतीर्ण गरेर गत भदौदेखि त्यही विद्यालयमा कार्यरत छिन् । चापागाई विद्यालयका राहत शिक्षक हुन् । उनी विवाहित हुन् । ‘आयोग उतिर्ण गरेर मलाई संखुवासभा पठाइयो,’उनले भनिन,‘विद्यालयमा गएको केही समयपछि फोन गरेर दुःख दिने काम भयो ।’ 

आजको अन्नपूर्ण दैनिकमा किशोर बुढाथोकीले यो समाचार लेखेका छन् । 

 

प्रतिक्रिया