Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

अस्थायी कक्षा निर्माण गर्न २५ हजार

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख /भुकम्पले भत्किएको विद्यालयको अस्थायी कक्षा बनाउन सरकारले प्रतिकक्षा २५ हजार रुपैया दिने भएको छ । प्रयोग गर्न नहुने कक्षाकोठाको सट्टा अस्थायी वा सिकाई केन्द्रका लागि सामुदायिक विद्यालयले जिल्ला शिक्षा कार्यालय मार्फत स्रोत उपलब्ध गराउन लागेको हो । पूर्ण रुपमा क्षति भएको र चकिएर क्षति भएपछि कक्षा सञ्चालन गर्न नसकिने भवनलाई रकम उपलब्ध गराउन लागेको हो । 

मन्त्रालयले प्रारम्भिक रुपमा रकम उपलब्ध गराएर कक्षा सञ्चालन गराउन लागेको हो । निजी विद्यालयका हकमा भने निजी घरमा जतिकै रकम उपलब्ध गराउन राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरिएको छ । 

विद्यालय सञ्चालन गर्दा सुरक्षा बिषयमा कुनै पनि सम्झौता नहुने मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए । ‘बढी प्रभावित जिल्लामा पठन पाठन गर्दा खटिएका प्राविधिकले जाच गराउदा उपयुक्त भएको सिफारिस भए मात्रै साबिकको भवन र कक्षाकोठा प्रयोग हुनेछ,’उनले भने,‘भवन नै भत्किएको विद्यालयमा चौर लगायत सुरक्षित स्थानमा राखेर पठन पाठनको व्यवस्था मिलाउछौ ।’ 

आजको राजधानी दैनिकमा सञ्चिता घिमिरेले यो खबर लेखेकी छिन् । 

 

प्रतिक्रिया