Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सामुदायिक विद्यालयका कर्मचारीले अस्थायी शिक्षक सरह सुविधा पाउने

आइतबार, २४ साउन २०७२

काठमाडौ २४ साउन / सामुदायिक विद्यालयका कर्मचारीहरुले पनि अस्थायी शिक्षक सरह सेवा सुविधा पाउने भएका छन् ।

नेपाल विद्यालय कर्मचारी यूनियनले आईतवार गरेको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले २०५९ उता नियुक्ती पाएका कर्मचारीहरुलाई अस्थायी शिक्षक सरह सेवा सुविधा दिने गरी तयारी भईरहेको जानकारी दिए ।

उनले शिक्षा मन्त्रालयले ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिदै कर्मचारीका समस्या समाधान गर्न मन्त्रालयले काम गरिरहेको बताए । उनले समस्याको छिटै निकास हुने र यसमा शंका नगर्न आग्रह गरे । 

कार्यक्रममा यूनियनका अध्यक्ष सुरेन्द्र प्रसाद कानूले सर्वोच्च अदालतले ६ महिना भित्र सेवा ऐन बनाएर कर्मचारीहरुको समस्या समाधान गर्न निर्देशनात्मक आदेश दिए पनि शिक्षा मन्त्रालयको बेवास्ताका कारण आफूहरु पीडित भएको भन्दै  अदालतको आदेशको सम्मान गर्न आग्रह गरे ।
कार्यक्रममा सचिव नवराज कठायत, उपमहासचिव रेशम विश्वकर्मा, गण्डकी उपाध्यक्ष माया गिरी, प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले कर्मचारीको समस्या समाधान गर्न उचित ध्यान दिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया