Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

शिक्षकलाई मनोसामाजिक परामर्श

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ जेठ /भुकम्पले बन्द भएक विद्यालयमा बालबालिका आउने वातावरण निर्माण गर्न शिक्षकहरु कस्सिएका छन् । त्यसका निम्ती उनीहरुले शिक्षकहरुलाई मनोसामाजिक  परामर्श तालिम सुरु गरेका छन् । 

नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले भने,‘शिक्षकलाई पहिलो चरणमा परामर्श दिइरहेका छौ । विद्यालय हातामा बालबालिका आउन सक्ने वातावरण निर्माण गर्न यसो गरिएको हो ।’ 

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, भक्तपुर, काठमाडौं, रसुवा, धादिङ, काभ्रेका शिक्षकहरुमाझ मनोपरामर्श गरेको बताए  । ‘शिक्षण विधि बदलेर कालो पाटी होइन, गीत संगित सिर्जनात्मक कार्यबाट सामुहिक काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने तर्फ केन्द्रीत छौ,’बीसीले भने,‘सरकारले तत्काल शैक्षिक सामाग्री, पोशाक, दिवा खाजाको व्यवस्था गर्नुपर्छ ।’ 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया