Edukhabar
मंगलबार, ०१ असोज २०८१
अन्तैवाट

धादिङमा ३१८ विद्यालयमा क्षति

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ बैशाख/भूकम्पले धादिङमा तीन सय १८ विद्यालय भत्किएका छन् ।

पाच सय ९७ विद्यालय मध्ये तीन सय १८ विद्यालयका २७ सय कक्षा कोठामा विद्यार्थी बस्नै नहुने गरी भत्किएको शिक्षा अधिकारी गणेश ढकालले बताए ।

अन्य विद्यालयको कक्षा कोठा पनि चकिएका छन् । जेठ १ देखि पठन पाठन हुने भनिएपनि कक्षा कोठा नभएकोले पढाई प्रभावित हुने देखिन्छ । 

अधिकांश विद्यालयका भवन भत्किएका छन् । नभत्किएका विद्यालयको भवन पनि चकिएर विद्यार्थी राख्ने अवस्थाको छैन । जिल्लाका ८० हजार विद्यार्थी मध्ये ६० प्रतिशत विद्यार्थीको प्रभावित हुनेछ । 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया