Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

छात्रवृत्ति दिन आनाकानी गर्ने निजी विद्यालय माथि कडाई

आइतबार, २४ साउन २०७२

भक्तपुर २४ साउन / जिल्लामा रहेका निजी विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति दिन आनाकानी गरेपछि जिल्ला शिक्षा कार्यालयले कडाई गरेको छ । कार्यालयले सिफारिस गरी पठाएका विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति समेत नदिएको फेला परेपछि तत्काल उक्त कार्य रोकि नियम अनुसार छात्रवृत्ति उपलब्ध गराई त्यसको जानकारी गराउन कार्यालयले निर्देशन दिएको हो ।

नियम नमान्ने विद्यालयहरुको अनुगमन गरी कारवाहिको सिफारिस गर्न विद्यालय निरीक्षक र कार्यान्वयनका लागि अनुगमन गर्न श्रोत ब्यक्तिलाई जिशिअ रमाकान्त शर्माले लिखित निर्देशन दिएका छन् ।

शिक्षा ऐन नियम तथा संस्थागत मापदण्ड निर्देशिकामा कूल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने ब्यवस्था छ । जेहेन्दार गरीव, आपङ्ग, महिला, दलित र जनजाति विद्यार्थी मध्येबाट छनौट गरी उक्त छात्रवृत्ति उपलब्ध गराउनु पर्ने हुन्छ । यसका लागि निवेदन दिन सूचना प्रकाशन गरी विद्यार्थी छनौट गर्नु पर्ने हुन्छ ।

विद्यार्थी छनौट गर्दा विद्यालयको प्रधानाध्यापक, कार्यालयको प्रतिनिधि र ब्यवस्थापन समितिको प्रतिनिधि सहितको छनौट समिति गठन गर्नु पर्ने हुन्छ । यी सबै प्रावधान पुरा गरी तुरुन्तै जानकारी गराउन कार्यालयले निर्देशन गरेको हो ।

छात्रवृत्ति दिने १० प्रतिशतलाई पूर्ण मानी त्यसको ३४ प्रतिशत कोटामा कार्यालयमा निवेदन संकलन गरी सिफारिस गर्ने नियम छ ।

प्रतिक्रिया