Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

विद्यालय आजदेखि खुल्दै

आइतबार, १७ जेठ २०७२

काठमाडौं १७ जेठ/ भूकम्पको त्रासबाट मुक्त नभइसकेका विद्यार्थी र शिक्षकबीच आइतबारदेखि पुनर्मिलन हुदैछ । शैक्षिक सत्र सुरु भएको एक साता नबित्दै बिनाशकारी भूकम्प आएपछि विद्यालयहरु बन्द भएका थिए ।

सरकारको निर्णय अनुसार आजदेखि विद्यालय खोल्नु पर्नेछ । विद्यालयहरु सक्दो प्रयासमा छन्, शैक्षिक क्षेत्रलाई सामान्यतर्फ उन्मुख गराउन । विद्यार्थीहरुले डरसंगै उत्साह पालेका छन् । अभिभावकको चिन्ता छोराछोरी सुरक्षित रहुन भन्ने हो । शैक्षिक संस्था खुलाएर समाजलाई चलायमान गराउन नसकिने सरकारको दाबी हो ।

‘विद्यालय खुलेपछि चहलपहल हुन्छ । समाजलाई जीवन्त बनाउन र पीडा बिर्साउन पनि शैक्षिक संस्थाले सहयोग गर्छन,’शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने,‘हाम्रो जोड समाजलाई समान्यीकरण गर्ने नै हो ।’ लम्सालका अनुसार विद्यालय खोलेर विद्यालय आउने वातावरण मात्र बनाउन लागिएको हो । पठनपाठन गरिहाल्ने भन्ने होइन । 

उपत्यकामा निजी र सरकारी गरी झण्डै दुई हजार विद्यालयमा साढे पाच लाख विद्यार्थी छन् । उनीहरु विद्यँलय आउजाउ गर्दा जनजीवन नै गतिमान हुन्छ । लगातारको पराकम्पनले विद्यार्थीमा भय र तनाब छ । यसबाट मुक्त गर्न विद्यालय खुलाउनुपर्ने विनोविद् गंगा पाठक बताउछिन । ‘यस्तो अवस्थामा विद्यार्थीलाई साथी चाहिएको छ,’उनी भन्छिन । बालबालिकाको व्यापक सामाजिक अन्तरक्रिया विद्यालयमै हुन्छ । यसले उनीहरुमा आत्मबल बढाउ“छ । 

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले यो खबर लेखेका छन् । 

 

 

 

 

प्रतिक्रिया