Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

अस्थाई शिक्षक लाईसेन्स पाएकालाई स्थायी

सोमबार, २५ साउन २०७२

भक्तपुर २५ साउन / स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थाई लाईसेन्स पाएकाहरुले स्थायी लाईसेन्स पाउने भएका छन् । यसका लागि शिक्षक सेवा आयोगले प्रकृया शुरु गरेको जनाएको छ ।

आयोगले माध्यमिक तहमा पढाउने प्रयोजनका लागि २०६८ साल चैत २५ गते लिखित परीक्षा लिएर अस्थायी लाईसेन्स दिएको थियो । उक्त प्रकृया पुरा गरी अस्थायी लाईसेन्स प्राप्त गरेका तथा यस विचमा आवश्यक अन्य तालिमहरु समेत पुरा गरेका ब्यक्तिलाई स्थायी लाईसेन्स दिईने भएको हो । यस्ता ब्यक्तिहरुले एमएड, विएड, वा १० महिने माध्यमिक शिक्षक तालिम पुरा गरेको हुनु पर्ने छ ।

आगामी भदौ मसान्त भित्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयमा आवश्यक कागजात सहित निवेदन दिनु पर्ने छ । 

यस्ता ब्यक्ति कति छन् भन्ने बारेमा यकिन नभएको आयोगले जनाएको छ । यो सबै प्रकृया क्षेत्रीय शिक्षा निर्देशनालयहरुबाट भएकोले एकमुष्ट कति जना छन् यसै भन्न नसकिने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । आवेदन संकलन भएपछि यकिन तथ्याङ्क अद्यावधिक गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया