Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

अर्को विद्यालयमा शरण

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ /भूकम्पले विद्यालयको संरचना भत्किएपछि कतिपय अर्को विद्यालयमा सरण लिन पुगेका छन् । काठमाडौंको अरुणोदोय निमावि र श्रीकन्या मावि शान्ति निकुन्ज उमाविमा पुगेका छन् । झोछेको बालविकास मावि पनि ठाउ अभावले विद्यँेदय निम्न माध्यमिक विद्यँलयमा सारिएको छ । 

शान्ति निकुन्ज उमाविले सात वटा कोठा अरुणोदय निमाविलाई उपलब्ध गराए पनि ती कोठामा स्थानीय बासिन्दाहरु बसिरहेकाले आइतबार दुई वटा टेन्ट गाडेर अरुणोदय निमाविका विद्यार्थीले मनोरञ्जनात्मक क्रियाकलाप गरेका थिए ।

याट्खाको श्रीकन्या माविले बिहानी समयका लागि आफूलाई कक्षाकोठा उपलब्ध गराउन आइतबार बिहान शान्ति निकुन्ज उमाविमा निवेदन दिएको छ । बिहान कक्षा सञ्चालन गर्न आफूले अनुमति समेत दिइसकेको शान्ति निकुन्जका प्रधानध्यापक ज्ञानकाजी महर्जनले बताए । शान्ति निकुन्जका कक्षाकोठामा स्थानीय ८५ परिवार बस्दै आएका छन् । 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

 

 

प्रतिक्रिया