Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

दुर्गमका विद्यार्थी सदरमुकाममा

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ /भूकम्प र पहिरोको जोखिममा रहेका गोरखाका उच्च पहाडी भेगका विद्यार्थी सदरमुकाम लगायतका सहरका विद्यालयमा भर्ना हुने क्रम बढेको छ ।

आइतबार विद्यालय खुलेलगत्तै गोरखाको  सदरमुकामको शक्ति उच्च माध्यमिक विद्यालय, महेन्द्रज्योति उमावि, बालमन्दिर मावि लगायतका विद्यँलय भर्ना भएका छन् । ‘पहिलो दिनमा लेकाली भेगका ३५ जना विद्यार्थी भर्ना भएका छन्,’शक्ति उमाविका प्राचार्य निरजबाबु भट्टराइले भने,‘एक सयजना भन्दा धेरै सम्पर्कमा आएका छन् ।’

महेन्द्रज्योति उमाविका प्राचार्य लक्ष्मणबाबु आचार्यले आफनो विद्यालयमा २० जनाभन्दा बढी विद्यार्थी भर्ना भएको बताए । अधिकांश गाउमा बालबालिका गाउमा राखेर पढाउदा जोखिम भएकाले सदरमुकाम ल्याएको बताएका छन् । बारपाक, लाप्रँक, सौरपानी, स्वा“रा, सिम्जुङ, गुम्दा उहिया, मान्बु, थमी, लाप्रुलगायतका विद्यालयबाट विद्यार्थी आएका छन् । 

आजको अन्नपूर्ण दैनिकमा शिवप्रसाद उप्रेतीले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया