Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

साथी सम्झेर भक्कानिए शिक्षक र विद्यार्थी

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ /भूकम्पमा परी मृत्यु भएका विद्यार्थीहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दा कार्यक्तममा आफना साथी नदेखेपछि विद्यार्थीहरु भक्कानिएर रोएका छन् । 

विद्यार्थी मात्रै होइन, शिक्षक र शिक्षिका अनि अभिभावकले पनि मन थाम्न सकेनन । विद्यालयको वातावरण नै स्तब्ध थियो । कार्यक्रम सञ्चालन गरिरहेका कोल्दौङ देवी माविका सहायक प्रधानाध्यापक शिव कार्कीले भूकम्पमा विद्यालयका दई विद्यार्थी गुमाउनु परेको भन्दै गर्दा उनी आफै भकानिए । त्यसपछि त्यहा नरुने कोही पनि थिएनन । शिक्षकहरु नै रोएपछि विद्यार्थीहरु झन डाको छाडेर रोएको दृश्य एकहदमै हृदयबिदारक देखिन्थ्यो । 

भूकम्पमा परी उक्त विद्यालयका २ कक्षामा अध्ययनरत अनुप थापा र कक्षा ७ की सुनिता तामाङको मृत्यु भएको विद्यालयले जनाएको छ  । कोल्दुङ देवीमा मात्रै होइन खाडीचौरमा रहेको सदाबहार एकाडेमीमा पनि उस्तै दृश्य देखियो । पहिलो दिन विद्यालय आएका विद्यार्थीमध्ये केही विद्यार्थी नदेखेपछि विद्यालयकी प्रिन्सिपल दुर्गा थापा नै रोएपछि विद्यार्थी र शिक्षक, शिक्षिका पनि रोए । झन्डैआधा घण्टा त विद्यालयमा रुवाबासी नै भयो । उक्त विद्यालयका पाच विद्यार्थी भूकम्पमा परेर मृत्यु भएको प्रिन्सिपल थापाले बताइन । 

भूकम्पपछि खुलेको जिल्लाका अधिकांश विद्यालयमा यस्तै दृश्य थियो । सिन्धुपाल्चोकमा २६ शिक्षक र १ सय १ जना विद्यार्थीको भुकम्पमा परी मृत्यु भएको थियो । 

आजको राजधानी दैनिकमा दिनेश थापाले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया