Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

लाइसेन्स बिनाको शिक्षक हटाइदै

मंगलबार, १९ जेठ २०७२

काठमाडौं १९ जेठ/अध्ययापन अनुमतिपत्र (लाइसेन्स) बिना नै पढाइदै आइरहेका मध्यपश्चिम क्षेत्रका शिक्षकलाई अब कारबाही गरिने भएको छ । 

मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले आफू मातहतका १५ वटै शिक्षा कार्यालयलाई लाइसेन्सबिनाका शिक्षकको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएको हो । 

लाइसेन्स नभएका व्यक्तिलाई नै शिक्षक नियुक्ति गरेर विद्यालय सञ्चालन गरिरहेको उजुरी परेपछि क्षेत्रीय शिक्षा निर्देशनालयले यस्तो कार्य रोक्न अग्रसरता देखाइएको हो । 

क्षेत्रिय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले १५ वटै जिल्लाका जिल्ला शिक्षा कार्यालयलाई लाइसेन्स नभएका तर विद्यालयमा पढाईरहेका शिक्षकको तत्काल छानविन गर्न निर्देशन दिएका छन् । 

उपाध्यायका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर नियुक्त गर्ने अस्थायी शिक्षकमा प्रायः अनुमतिपत्रबिनाका हुने गरेका छन् । यस्ता कार्यलाई रोक्न यस्तो कदम चालेको उनले बताए । ‘त्यस्ता शिक्षकलाई खोजी खोजी हटाउने अभियान सुरु गरेका छौ । क्षमता र योग्यताले जागिर खाने हो, कसैको आशीर्बादलमा अब लाइसेन्स नभएकाले पाउन पाउने छैन,’उनले भने ।  

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया