Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

भवन जाचबीनै खुले विद्यालय

मंगलबार, १९ जेठ २०७२

 काठमाडौं १९ जेठ/ अभिभावकलाई हरियो स्टिकर लागेको विद्यालयमा मात्र बालबालिका पठाउन आह्वान गरे पनि सरकारले अझैसम्म विद्यालयलाई स्टिकर दिइसकेको छ्रैन ।

प्रभावित मध्ये भक्तपुरमा मात्रै विद्यालय भवन सुरक्षित हुन वा होइनन भन्ने संकेतका रुपमा विद्यालयमा स्टिकर टासिसकेको छ । स्टिकर टास्न बाकी नै भए पनि सरकारले प्रभावित जिल्लाका सबै विद्यालय खुलेको बताइएको छ । सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा स्टिकर दिन सरकारले ढिलाई गरिरहेको निजी विद्यालयका सञ्चालकहरु बताउछन् ।

प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले एउटै ठाउमा पनि सामुदायिक विद्यालय स्टिकर लगाएको लामो समय बित्दासमेत निजीलाई स्टिकर नलगाएको बताए । ललितपुरमा २ सय ६६ निजी विद्यालय मध्ये १ सय ५० विद्यालयले अझै स्टिकर पाएका छैनन् । आजको राजधानी दैनिकमा सञ्चिता घिमिरेले यो खबर लेखेकी छिन् ।

प्रतिक्रिया