Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

छात्राहरु धमाधम लड्न थालेपछि त्रास

मंगलबार, १९ जेठ २०७२

काठमाडौं १९ जेठ /अत्याधिक गर्मीका कारण कपिलबस्तुको पश्चिम क्षेत्रमा अवस्थित भुवनेश्वरी उच्च माविका विद्यार्थीमा अनौठो रोगको लक्षण देखिएको छ । 

विद्यार्थीहरुमा एक्कासि चिच्याउने, रुने, कराउने, काप्ने, भाग्ने, पल्टिने, अचेत हुने जस्ता समस्या देखिएको विद्यालयका प्रधानाध्यापक मुनिजर हसनले जानकारी दिए ।

विद्यालयमा पुगेका ६ विद्यार्थी सोमबार एक्कासी बेहोस भएपछि विद्यालयको वातावरण त्रासमय बनेको थियो । आइतबार दुई जनामा यस्तो समस्या देखिएको थियो । 

आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।  

 

 

प्रतिक्रिया