Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

भर्ना अभियान पाच दिन बाकी

मंगलबार, १९ जेठ २०७२

काठमाडौं, १९ जेठ/  शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान अझै पाच दिन बाकी रहेको जनाएको छ । यसअघि अभियान नटुंगिदै भूकम्प गएपछि सम्पूर्ण क्रियाकलाप ठप्प बनेको थियो । आइतबार विद्यालय खुलेपछि पाच दिनसम्म विद्यार्थी भर्ना अभियानकै रुपमा लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए । 

‘भर्ना अभियान तीन दिन बाकी छदै महाभूकम्प गयो,’ उनले भने, ‘सार्वजनिक विदापछि स्कुल खुलेकाले त्यति दिन भर्ना हुने समय बाकी छ ।’ मन्त्रालयले २०६३ सालदेखि ‘विद्यार्थी भर्ना अभियान’ सुरु गरेको हो । जसअनुसार वैशाख १ देखि १५ गतेसम्म नियमित भर्ना तथा विद्यार्थी स्वागत कार्यक्रम र वैशाख ३० गतेसम्म घरदैलो अभियान गर्ने गरिएको छ । 

शिक्षा विभागले भर्ना अभियान थालेयता हरेक वर्ष जेठ ७ गतेलाई अन्तिम दिन मानेर त्यसैको आधारमा ‘फ्लास रिपोर्ट भाग–१’ प्रकाशन गर्दै आएको थियो । यस वर्ष भर्ना अभियान प्रभावित भएको छ । ‘भर्ना अभियान बाकी छदै भूकम्प गयो,’ विभागका महानिर्देशक डिल्ली रिमालले भने, ‘भरखर स्कुल सुरु भएको छ । अब विद्यार्थी, शिक्षकको तथ्यांक, पाठ्यपुस्तकलगायतको लगत आउने छ ।’

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क पाठ्यपुस्तक दिंदैआएको छ । भूकम्पअघि विद्यार्थीलाई दिइएको पाठ्यपुस्तक कत्तिको पुरिए वा बचेका छन् भन्ने तथ्याङ्क संकलन हुन बाकी रहेको महानिर्देशक रिमालले बताए । ‘लगत प्रतिवेदनअनुसार क्रमशः पूर्ति गर्दै जान शिक्षा कार्यालयमार्फत् रकम निकासा दिइएको छ,’ उनले भने । 

आजको कान्तिपुर दैनिकमा गणेश राईले यो खबर लेखेका छन् । 

प्रतिक्रिया