Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

डर हट्यो, अब पढनुपर्छ

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /‘कहिलेदेखि पढने हो, मलाई त हतार भइसक्यो,’ललितपुर कार्यबिनायक नगरपालिका १५ छम्पीमा पर्ने होली टेम्पल माध्यमिक विद्यालयमा अध्ययनरत जस्मिन गिरीले भनिन,‘भूकम्पको डर अब कम भइसक्यो । अब पढनुपर्छ ।’ 

विद्यालयमा सोमबार आयोजित चित्रकला प्रतियोगिता र सागंगीतिक ककार्यक्रमपछि उपस्थित भएका सबैजसो विद्यार्थीको मुहारमा चमक थियो । उनीहरु रमाइलो गर्दै अब विद्यालयमा पढनुपर्छ भन्ने आशय व्यक्ति गर्दै थिए । 

छ्वालीको छानो भएको बासको टहरामा गीत संगित र चित्रकलामा भ भुम्मिरहेका विद्यार्थीहरुमा डर र त्रासको कुनै छनक देखिएनको थिएन । टहराबाहिर टन्टलापुर घाम लागे पनि उनीहरुमा घामले पोलेको थिएन । झन, त्यो पारी डाडामा घाम लाग्यो घमाइलो भन्ने गीत बज्नेबित्तिकै कोही नाच्न त कोही उफ्रिन थालेका थिए । 

‘घरमा बसिरहदा झन डरजस्तो फिलिङ हुन्थ्यो, स्कूल आएपछि साथीसंग घुलमिल हुदो रहेछ सबै बिर्सिदो रहेछ,’सन्ध्या बानियाले भनिन । 

आजको राजधानी दैनिकमा नविन लुइटेलले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया