Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

तयारी नै छैन, परीक्षा कसरी दिने ?

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /भक्तपुर नगरपालिका ६ इनाचोका साजन कुस्माको भूकम्पले घर पुरै भत्किएको छ । घर भत्किएर कुनै पनि सामान निकाल्न नपाएका कुस्मा परिवार अहिले महेश्वर खेलमैदानमा टेन्टमा बस्दै आएका छन् । 

गत १२ वैशाखमा गएको भूकक्पले उनले पढने कितादेखि वर्षमा तयार गरेको नोट सबै भग्नावशेषले पुरिएको छ । 

घर भत्किएर घरबाहिरबिहिन बनाएपछि उनको परिवारमा खानबस्नकै समस्या छ । पैसा नभएकै कारण उनले किताबसमेत किन्न सकेको छैन । कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत साजनको भूकम्पका कारण एक महिनापछि सरेको परीक्षा आजबाट सुरु हुदैछ । तर, उनलृे परीक्षाको तयारी गर्न भने सकिरहेको छैनन । 

उनलाई तयारी नै नगरी परीक्षा मात्र दिएर के गर्ने भन्ने चिन्ताले सताइरहेको छ । कक्षामा पढेको आधारमा परीक्षामा सामेल हुन लागेको साजन यति हुदा हुदै पनि परीक्षामा उत्तिर्ण हुनेमा भने ढुक्क छन् । 

उनी जस्तै कक्षा १२ को परीक्षा दिन लागेका सुजन दोङलाई पनि यस्तै समस्याले पिरोलेको छ । भूकम्पमा आफनै साथी गुमाएका उनलाई साथीको सम्झनाले पिरोल्दा मन दुख्छ । विद्यालयमा साथीसंग बिताएको छण झलझली याद आइरहन्छ । 

सुजन र साजन जस्तै  धेरै विद्यार्थी परीक्षाको तयारी बिनै आजदेखि परीक्षामा सहभागि हुदैछन् । 

आजको राजधानी दैनिकमा किरण बुढाथोकीले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया