Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

उमाविको परीक्षामा मोबाइल मेडिकल टिम

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पबाट प्रभावित विद्यार्थीलाई समस्या हुन नदिन कक्षा १२ को परीक्षामा डाक्टर , नर्ससतिको मोवाइल मेडिकल टिम तयारी अवस्थामा राखेको छ । 

परीक्षाको समयमा समस्या आइपर्न सक्ने भन्दै जोखिम न्यूनिकरणका लागि परिषद्ले तीन वटा मडिकल टिम तयारी अवस्थामा राखेको हो । 

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले भूकम्पको त्रासमा रहेका विद्यार्थीमा केही समस्या आइपरे तत्काल उपचार गर्न र हस्पिटलसम्म पुरयाउने उद्येश्यले मोवाइल टिम तयारी अवस्थामा रहेको बताए । शर्माका अनुसार एउटा एम्बुलेन्समा दुई जना डाक्टर र एक जना नर्स हुन्छन । 

उपत्यकामा ४५ परीक्षा केन्द्र निर्धारण गरिएको छ । अति प्रभावित सात जिल्लामा बुधबार परीक्षा हुदैछ । सात जिल्ला बाहेक आठ सय ४६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुदैछ । कक्षा ११ र १२ मा ६८ जिल्लाका आठ सय ४६ परीक्षा केन्द्रमा कुल ६ लाख ७२ हजार सात सय ४४ विद्यार्थी सहभागि हुदै छन् । 

कक्षा १२ मा मात्रै तीन लाख ४६ हजार विद्यार्थी सहभागि हुदै छन् । गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछापमा केही समयपछि परीक्षा लिने परिषद्ले जनाएको छ । यि जिल्लामा ४६ हजार ७ सय १९ परीक्षार्थी छन् । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया