Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

प्लस टुको परीक्षा दिने छात्र भन्दा छात्रा बढी

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /उच्च माध्यमिक शिक्षा परिषद्ले लिने प्लस टुको परीक्षामा छात्र भन्दा छात्रा बढी सहभागि हुने भएका छन् । 

यस वर्ष ११ र १२ कक्षामा अति प्रभावित सात जिल्ला सहित ७ लाख १९ हजार ४ सय ६३ विद्यार्थीले परीक्षा दिदै छन् । त्यसमा ३ लाख ६४ हजार ४ सय ५१ छात्रा छन् । 

त्यस्तै ३ लाख ५५ हजार १२ जना मात्रै छात्र छन् । यसअनुसार परीक्षा दिने मध्ये ५० दशमलब ६६ प्रतिशत छात्रा र ४९ दशमलब ३४ प्रतिशत छात्र छन् । यस वर्ष एसएलसी दिनेमा पनि छात्राको संख्या बढी थियो । 

आजको दि काठमाडौं पोष्टमा बिनोद घिमिरेले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया