Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

बादलदेखिए स्कूल जादैनन् विद्यार्थी

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /जाजरकोटको ढिमे १ पाचकोटियामा आकाश बादल देखिए पनि स्कूल बन्द हुन्छ । बादल मडारिनसाथ विद्यार्थी स्कूल जादैनन । 

१० वर्षअघि स्थापना भएको पाचकाटियाको रामचन्द्र प्राथमिक विद्यालयको छानाले पानी नओत्ने हुदा बादल देखिएपछि विद्यार्थी विद्यालय नजाने गरेका हुन् । 

जीर्ण भवनमा कारण विद्यँलयको छाना चुहिन्छ । यसरी विद्यालय सञ्चालन सञ्चालन गर्नु रहर नभएर बाध्यता भएको प्रधानाध्यापक नीमबहादुर वलीले बताए । पानी पर्नसाथ थोपा पनि छानाले नछेक्ने उनको भनाई छ । 

बर्षाको समय विद्यालय नै नखुल्ने गरेको वलीले बताए । ‘भवनका लागि हारगुहार धेरै गरियो । कतैबाट सुनुवाई सुनुवाई भएन,’वलीले भने । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

 

प्रतिक्रिया