Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

अभिभावकलाई बिलको बोझ

बुधबार, २० जेठ २०७२

काठमाडौं २० जेठ /ललितपुर माध्यमिक विद्यालयले भूकम्पपछि स्कूल खुलेको दोस्रो दिन जेठ १८ मा विद्यार्थीलाई बिल थमाए । कक्षा ९ का नानीहरुले बुझेको बिलमा मासिक शुल्क २९ सय ९०, एक्स्ट्रा क्रियाकलाप शुल्क एक हजार, कम्प्यूटर शुल्क एक सय ५०, साइन्स ल्याब एक सय, पुस्तकालय शुल्क सय रुपैया, औषधि खर्च एक सय, म्यागेजिन शुल्क सय रुपैया उल्लेख छ । 

स्कूलले वैशाख र जेठ महिनाभरी सेवा नै उपलब्ध नगराएको शीर्षकमा शुल्क लिएको छ भने अर्कोतर्फ शुल्क पनि आफूखसी बिल पठाएको फेला परेको छ । 

छोराको हातमा वैशाख र जेठ तेस्रा सातासम्म कुनै क्रियाकलापै नभएको शीर्षकमा शुल्क थोपरेर स्कूलले पठाएकोमा बुबा भीमसेन घिमिरे निकै आक्रोसित छन् । 

ललितपुरका शिक्षा अधिकारी शिवकुमार सापकोटाका अनुसार ललितपुरमा यस वर्षको शुल्क प्रस्ताव स्वीकृत भएकै छैन । यस्ता अवस्थामा विभिन्न क्रियाकलापको शुल्क लिन पाइदैन । अतिरिक्त शुल्क लिनु गैह्र कानुनी काम भएको सापकोटाले बताए । 

विद्यालयका प्रिन्सिपल माधव सिटौलाले विद्यार्थीलाई खेलकुद र नाटकसंगै अन्य क्रियाकलाप गराइने भएकोले शुल्क लिएको बताए । 

आजको नागरिक दैनिकमा रुबी रौनियारले यो खबर लेखेकी छिन । 

 

 

प्रतिक्रिया