Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक

बुधबार, २७ साउन २०७२

नतिजा थाह पाउने लिंक सहित  

भक्तपुर २७ साउन / शिक्षक सेवा आयोगले माध्यामिक विद्यालय तहको स्थायी लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४४ दशमलव ३१ प्रतिशत उत्तीर्ण भएको आयोगले जनाएको छ । परीक्षामा सम्मिलित ११ हजार १ सय ८४ मध्ये ४ हजार ९ सय ५६ जना उत्तीर्ण भएका छन् ।

पूर्वाञ्चलबाट  ९ सय ३१ जना उत्तीर्ण भएका छन् । यसै गरी मध्यमाञ्चलबाट १ हजार ५ सय ५३ जना, पश्चिमाञ्चलबाट १ हजार ३ सय ७१ जना, मध्यपश्चिमबाट ६ सय ७० जना र सुदुरपश्चिमबाट ४ सय ३१ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी हुन १३ हजार २ सय १२ जनाले फर्म भरेका थिए । परीक्षामा भने ११ हजार १ सय ८४ जनाले सहभागिता जनाएका थिए ।
२ हजार ६ सय ३७ जनाले भर्म भरेकोमा पूर्वाञ्चलमा २ हजार २ सय २५ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यस्तै मध्यमाञ्चलमा फर्म भरेका ४ हजार २ सय ७ मध्ये परीक्षामा ३ हजार ५ सय ८० सहभागि थिए ।

यसैगरी पश्चिमाञ्चलमा फर्म भरेका ३ हजार ४ सय १ मध्ये परीक्षामा २ हजार ९ सय ८६ जना सहभागि थिए । मध्यपश्चिमबाट १ हजार ८ सय ८४ जनाले फर्म भरेकोमा परीक्षामा १ हजार ५ हजार २० सहभागि थिए । सुदुरपश्चिमबाट फर्म भरेका १ हजार ८३ मध्ये ८ सय ७३ जना परीक्षामा सहभागि थिए ।

आयोगले परीक्षा भएको एक महिना भित्रै नतिजा सार्वजनिक गरेको हो । गत असार २८ गते आयोगले परीक्षा लिएको थियो ।
आयोगका संयत्रले प्रभावकारी काम गर्दा यति छिट्टै नतिजा सार्वजनिक गर्न सकिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताए ।

गत असार १३ गतेका लागि तय गरिएको परीक्षा भूकम्पका कारण २८ गतेका लागि सारिएको थियो ।

नतिजा थाह पाउन - http://tsc.gov.np/

प्रतिक्रिया