काठमाडौं २१ जेठ /मुलुककै जेठो मध्यको विद्यालय दरबार हाइस्कूलको माथिल्ला तलामा भानु माविका कक्षा चल्थे । त्यस्तै तल्लो तलामा संस्कृत माविका कक्षा । भूकम्पले भवन भत्केपछि दुई विद्यालयबीचको विवाद छताछुल्ल भएको छ ।
यी विद्यालयबीचको जुहारी भूकम्पपछि कहा कक्षा सञ्चालन गर्ने भन्ने बिषयले चर्कायो । भानुले विद्यालय हाताभित्रै अस्थायी सिकाई केन्द्र बनाएर कक्षा चलाउने पक्षामा सुरुदेखि नै अडान लियो । संस्कृतिले भने धराप बनेको विद्यालय छेउ साघुरो हाताभित्र जोखिम मोलेर कक्षा चलाउनुहुन्न भन्दै आयो । उसले भृकुटीमण्डप, टुडिखेल र त्रिचन्द्र कलेज हाताभित्र बिकल्पका रुपमा प्रस्तुत गरयो ।
अहिले विद्यालउ हाताभित्रै कक्षा चलाउने मेसो मिलाइदैछ । ‘भानुकै जित भयो,’संस्कृतका एक शिक्षकले भने,‘ज्यानकै बाजी लाएर यही साघुरो हाताभित्र धुलो र गर्मीको सामाना गर्दै कक्षा चलाउनु पर्ने अवस्था आइलाग्यो ।’
भानुका प्रधानाध्यापक हेमचन्द्र महत्तोले यसलाई सर्वसम्मत निर्णय भने ।
आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया