काठमाडौं २२ जेठ/विज्ञान बिषयको शिक्षक नहुदा आफूहरुको पढाई प्रभावित भएको भन्दै गौरी मावि ठाडा र जीयाका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् ।
६ महिनादेखि निमावि तथा मावि तह दुबैमा विज्ञान बिषयको शिक्षक नियुक्ति नहुदा आफूहरुको पढाई प्रभावित भएको भन्दै आइतबारदेखि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
मंगलबारसम्म ९ र १० कक्षाको मात्र बन्द गरेका विद्यार्थीले बुधबारदेखि विद्यालयका सबै कक्षा ठप्प पारेर आन्दोलनमा उत्रेको स्थानीय बासिन्दाले बताएका छन् ।
आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया