Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सरकारी आग्रहपछि केसीको अनशन स्थगित, भदौ ७ गते ४ बजे सम्मको अल्टिमेटम

बुधबार, २७ साउन २०७२

काठमाडौं २७ साउन / चिकित्सा शिक्षाको विकृति विरुद्ध अनशनको घोषणा गरेका डा. गोविन्द केसीले सरकारले आग्रह गरेपछि स्थगित गरेका छन् । पटक पटकको अनशन पछि गठित माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाई भएको भन्दै उनले बुधबार बेलुकी ४ बजे देखि अनशन बस्ने घोषणा गरेका थिए ।

सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलको टोलीको आग्रह पछि उनले भदौ ७ गते सम्मको म्याद दिएका हुन् । माथेमा आयोगको प्रतिबेदन कार्यान्वयनको चरणमा रहेकोले चाँडै नै उक्त प्रतिवेदनले उठाएका कुरा सम्बोधन गर्न सरकार तयार रहेको भन्दै पोखरेलले अनशन स्थगित गर्न आग्रह गरेका थिए ।

डा. केसीले टोलीलाई भदौ ७ गते ४ बजे सम्म पनि कुनै निर्णय नभएमा फेरी अनशन गर्ने बताएका छन् । 

चिकित्सा शिक्षाको बेथिती अन्त्य गर्ने बारेमा त्रिविका पूर्व उपकूलपति प्रा. केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले प्रतिवेदन बुझाएको लामो समय पछि सरकारले गत १९ गते मात्रै सार्वजनिक गरेको थियो । प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस् ।

उक्त प्रतिवेदन सार्वजनिक भए पनि अध्ययनको लागि सरकारले छुट्टै समिति बनाएको भन्दै केसीले कार्यान्वयनमा शंका गर्दै आएका छन् ।

प्रतिक्रिया