Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

शिक्षामन्त्रीलाई बर्खास्त गर : सापकोटा

आइतबार, २४ जेठ २०७२

काठमाडौं २४ जेठ /राष्ट्रिय योजना आयोगले दातृ सम्मेलनको तयारीको बिषयमा भूकम्प प्रभावित १४ जिल्लाका सभाषद्संग गरेको छलफलमा एमाओबादी नेता अग्नि सापकोटाले शिक्षा मन्त्रीलाई बर्खास्त गर्न माग राखेका छन् । 

राष्ट्रिय संकटको बेला सपरिवार विदेश गएको भन्दै शिक्षा मन्त्री चित्रलेखा यादवलाई पदबाट हटाउन प्रधानमन्त्रीसंग माग गरेका हुन् । ‘यस्तो संकटको बेला विदेश जाने कुरा सुन्नै नसकिने हो,’उनले भने,‘यस्तो बेला जनतालाई काम लाग्दैन भने त्यस्ता मन्त्री किन चाहिए ?’

विदेश जान अनुमति दिनु प्रधानमन्त्रीको पनि कमजोरी भएको उनले बताए । यस्तालाई सत्तामा बस्ने छुट नभएको उनको जिकिर थियो । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ ।  

 

प्रतिक्रिया