Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

हेटौडाका ७० विद्यालय भवन असुरक्षित

आइतबार, २४ जेठ २०७२

काठमाडौं २४ जेठ /हेटौडा नगरपालिका संस्थागत तथा सामुदायिक विद्यालयका ७० वटा भवन असुरक्षित रहेको भन्दै प्राविधिकले रातो स्टिकर लगाएका छन् । 

शिक्षा विभागले युनिसेफको सहकार्यमा मकवानपुर पठाएको प्राविधिक टोलीले हेटौडा नगरको मात्र ७० वटा भवन असुरक्षित भन्दै रातो स्टिकर टासेको हो । 

बस्नै नमिल्ने खालका भवनमा रातो स्टिकर  टासिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए । 

हेटौडा नगरको ६१ विद्यालयका दुई सय २६ भवनमध्ये एक सय ५८ भवनमा हरियो स्टिकर लागेको छ । 

प्राविधिक सहितको १० टोलीले दुई दिन लगाएर हेटौडा नगर क्षेत्र भित्रको विद्यालय भवनको प्राविधिक परीक्षण गरेको थियो । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया