Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

अधिकांश निजी स्कूलको भवन मापदण्ड विपरीत

सोमबार, २५ जेठ २०७२

काठमाडौं २५ जेठ /राजधानीमा सञ्चालित अधिकांश निजी विद्यालयका भवन राज्यद्वारा निर्धारित न्यूनतम मापदण्ड विपरीत पाइएको छ । जिल्ला शिक्षा कार्यालयको अध्ययनअनुसार उपत्यकाका ९० प्रतिशत भन्दा धेरै स्कूलमा न्यूनतम मापदण्ड पालना गरिएको छैन । 

आवासीय प्रयोजनका लागि बनाइएका भवनमा थाम्नै नसक्ने गरी विद्यार्थीको निरन्तर आवतजावत र भारसमेत धेरै हुदा विद्यार्थी असुरक्षित छन् । 

जिल्ला शिक्षा कार्यालय काठमाडौंका इन्जिनियर गिरिराज मिश्रले स्कूल सञ्चालन गर्न बनाइने र आवासीय भवनको मापदण्ड फरक भए पनि कार्यान्वयन नभएको बताए । उनका अनुसार स्कूल सञ्चालन भएको भवनमा अनिवार्य बरन्डा हुनुपर्ने, फराकिलो भरयाङ हुनुपर्ने, स्कूलसम्म आउन जान ठूलो गल्ली हुनु पर्ने, स्कूल भवन बक्स आकारको हुनु पर्ने, तथा एसेम्बली गर्न अगाडिको भागमा पर्याप्त खुला ठाउ हुनु पर्ने लगायतको मापदण्ड छ ।

‘यि मापदण्ड कागजमा सिमित छ । शिक्षा मन्त्रालय तथ अन्य उच्च तहका पदाधिकारीलाई हामीले यस बिषयमा जानकारी गराईसकेका छौ । कार्यान्वयन गर्ने काम हाम्रो होइन,’मिश्रले भने,‘यस्ता स्कूललाई निश्चित समय दिएर मापदण्ड अनुसारको भवन बनाउन निर्देशन दिनुपर्छ । यस्तै भवनमा पढाउन दिनु जोखिम मोल्नु हो ।’ 

आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया