Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

नक्कली नोट सहित प्रअ पक्राउ

सोमबार, २५ जेठ २०७२

काठमाडौ २५ जेठ /प्रहरीले ठूलो परिणाममा नेपाली नक्कली नोटसहित एक जना प्रधानाध्यापकलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा पर्सा सुर्जाहा गाबिसमा रहेको संसारी माई निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामानन्द राउत कुर्मी छन् । 

कुर्मी पार्सको पोखरिया नगरपालिका १४ रानीगन्ज रहरिया गाउका बासिन्दा हुन् । 

उनको साथबाट पाच सय दरका एक लाख ३१ नेपाली नक्कली नोट बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक बीरबहादुर ओलीले बताए । 

आइतबार बिहन विद्यालय जान हिडेका उनलाई प्रहरीले बीच बाटोबाटै नक्कली नोटसहित पक्राउ गरेको हो ।

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया