Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

चक डस्टरको सट्टा कुटो कोदालो

सोमबार, २५ जेठ २०७२

काठमाडौं २५ जेठ /जिरी उच्च माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर जिरेल एकाबिहानै स्कूल पुगेर हाजिर गर्छन । तर, चक डस्टर लिएर कक्षामा पढाउन भने होइन । त्यसको साटो उनी कुटो कोदालो बोकेर विद्यालय निर्माणमा लाग्छन । गणित बिषयका शिक्षक जिरेलको दैनिक नित्यकर्मजस्तै बनेको छ, यो काम यतिबेला । 

जिरेल मात्रै होइन, जिरी उच्च माध्यमिक विद्यालयका अधिकाशं शिक्षकका लागि यतिबेला चक डस्टरभन्दा कुटो कुदालो नै प्रमुख औजार बनेको छ । 

२९ वैशाखमा सुनखानी केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले विद्यालय ध्वस्त बनेपछि निर्माणमा जुटेनु पर्ने बाध्यता छ उनीहरुसंग । त्यसैले बिहान विद्यालय पुगेर हाजिर गर्दै चक डस्टरको साटो कुटो कोदालो र झक्पल पहिलो औजार बनेको हो शिक्षकहरुको लागि । 

आजको राजधानी दैनिकमा गणेश बस्नेतले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया