Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

सुर्खेत साक्षर जिल्ला घोषणा

मंगलबार, २६ जेठ २०७२

काठमाडौं २६ जेठ/साक्षरता अभियान सुरु भएको २७ वर्षपछि सुर्खेत साक्षर जिल्ला घोषणा भएको छ । 

तीन दशकपहिले मैनतडाबाट सुरु भएको साक्षरता अभियानले लामो समयपछि पूर्णता पाएको हो । 

०४५ सालमा पहिलो पटक सुर्खेतबाट सघन साक्षरता कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रम प्रभावकारी भएपछि शिक्षा मन्त्रालयले आफनो कार्यक्रममा राखेर देशब्यापी रुपमा साक्षरता कार्यक्तम सञ्चालन गरेको थियो । 

सोमबार सुर्खेतलाई एक कार्यक्रमबीच साक्षर सुर्खेत तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्लाको रुपमा घोषणा गरिएको छ । 

कांग्रेस सहमहामन्त्री एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्का, सभाषद्हरु हृदयराम थानी, तप्तबहादुर बिष्ट, सीता नेपाली, पूर्व सभाषद् नरबहादुर बिष्ट, अनौपचारिक शिक्षा केन्द्रमा निर्देशक बाबुराम पौडेल क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय सहितले सामुहिक रुपमा सो घोषणा गरेका हुन् । 

१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशतभन्दा माथि साक्षर भइसकेपछि साक्षर घोषणा गरेको हो । सुदुरपश्चिमा पहिलो र मुलुककै नवौ साक्षर जिल्लाको रुपमा सुर्खेतलाई चिनिएको छ । 

आजको राजधानी दैनिकमा दीपक बुढाले यो समाचार लेखेका छन् । 

 

प्रतिक्रिया