Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

इन्द्रावती स्कूलले रातो स्टिकर टास्न दिएन

मंगलबार, २६ जेठ २०७२

काठमाडौं २६ जेठ/बौद्धस्थित इन्द्रावती पब्लिक स्कूलले भूकम्पबाट विद्यालय भवन प्रभावित भएको वा नभएको भन्ने बिषयमा निरीक्षण गर्न गएका शिक्षा कार्यालय काठमाडौंका प्राविधिक टोलीलाई निरीक्षण गर्न अबरोध गरेको छ । 

कार्यालयका स्रोत व्यक्ति रामनारायण साह र प्राविधिक सुरेशबहादुर साउदको नेतृत्वमा गएको टोलीलाई विद्यालयले निरीक्षण गर्न नदिएको हो । 

विद्यालय निरिक्षण गर्न आइतबार आइतबार गएको टोलीले भवन हेरेर फाराम भर्ने क्रममा प्राचार्य नवराज घिमिरेले ‘तपाईहरुले केही लेख्नुपर्दैन मैले इन्जिनियर ल्याएर परीक्षण गराइसकेको छु’ भन्दै भवनको विवरण समेटिएको फारम भर्न नदिएको स्रोतव्यक्ति साहले बताए । 

साहका अनुसार विद्यार्थी बस्ने कोठा चर्किएको । विद्यालय वरपर लगाइएको गारोसमेत भत्किएको छ । 

आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डेले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया