Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

चिट नियन्त्रण गर्न ड्रोन

मंगलबार, २६ जेठ २०७२

काठमाडौं २६ जेठ /चीनको निकै महत्वपूर्ण ठानिएको कलेज प्रवेश परीक्षामा चोरी रोक्न अधिकारीहरुले ६ वटा पंखा भएको ड्रोन प्रयोग गरेका छन् । 

चीनको मध्यभागमा रहेको हेनान प्रान्तको लेयानङ नगरका दुई परीक्षा केन्द्रमा बार्षिक रुपमा लिइने यस परीक्षामा विद्यार्थीले कक्षा हलमा गैह्रकानुनी रुपमा लगेका उपकरणलाई पत्ता लगाउन ड्रोन उपयोग गरिएको लुयाङको रेडियो सुपरिवेक्षण तथा नियमन केन्द्रका लान झिगाङले बताए । 

अग्ला भवनले ढाकेको यस क्षेत्रमा जमिनमा रहेका यन्त्रबाट दिइने संकेत फेला पार्न कठिनाई भएको तर ड्रोनलाई ५ सय मिटरमाथि उडाउदा यस प्रकारका संकेत सजिलै पत्ता लगाउन सकिने झिगाङले बताए । 

चीनमा विद्यालय शिक्षा पूरा गरेका सबै विद्यार्थीले विश्वविद्यालय प्रवेश गर्न यस्तो परीक्षा उतीर्ण गर्नै पर्छ । आइतबार सुरु भएको परीक्षामा ९० लाख विद्यार्थी सहभागि छन् । राम्रो विश्वविद्यालय पढन धेरै अंक ल्याउनु पर्ने हुन्छ ।

परीक्षामा अनुतिर्ण हुनेले एक वर्ष दोहोरयाउनु पर्ने हुन्छ । परीक्षामा उतिर्ण हुन पहिले नै तयार गरिएको उत्तर बिक्रि गर्ने, परीक्षा दिन अर्को व्यक्तिको व्यवस्था गर्ने  वा परीक्षमा सञ्चार उपकरण प्रयोग गर्ने विधि पनि उपयोग भएका छन् । 

चिनिया एजेन्सीको समाचारलाई विभिन्न पत्रपत्रिकामा छापिएको छ । 

 

प्रतिक्रिया