Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

सेन्ट लुइसमा ६० विद्यार्थी अलपत्र

बुधबार, २७ जेठ २०७२

काठमाडौं २७ जेठ /अध्ययन गर्न भन्दै अमेरिकाको सेन्ट लुइस पुगेका ६० नेपाली विद्यार्थी आठ महिनादेखि अलपत्र परेका छन् । सेन्ट लुइस मिजौरी राज्यको एउटा बन्दरगाह हो । 

अलपत्र परेकामध्ये थुप्रैलाई स्थानीय प्रहरीले पक्राउ गरेर छाडेको छ । केही भने अन्तराष्ट्रिय आप्रावासी संगठनको सहयोगमा नेपाल फर्कने क्रममा छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले नेपाली विद्यार्थी सेन्ट लुइसमा अलपत्र परेको जानकारी आएको बताए । ‘उनीहरु कसरी र कुन च्यानलबाट त्यहा पुगेको भन्ने प्रष्ट छैन,’ उनले भने । 

विद्यार्थीका आफन्तले दुई महिनाअघि परराष्ट्र मन्त्रालयसंग उनीहरुलाई फिर्ता ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए । तर नेपाली विद्यार्थीहरु सेन्ट लुइसबाट विश्वका अन्य मुलुकतर्फ छिर्ने प्रयास गर्दा पक्राउ परेको हुनसक्ने परराष्ट्रका अधिकारीले बताए । ‘उनीहरु या अमेरिकाकै वासिङटनतर्फ जान खोज्दा समातिएको हुनुपर्छ वा गैरकानुनी रुपमा त्यहा बसेकै कारण समातिएको पनि हुन सक्छ । त्यो अझै प्रष्ट छैन,’ मन्त्रालयका एक अधिकारीले भने । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ ।  

 

प्रतिक्रिया