Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

निजी विद्यालयले निर्देशन टेरेनन्

बुधबार, २७ जेठ २०७२

काठमाडौं २७ जेठ/अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै जिल्ला शिक्षा कार्यालय पर्साले जिल्लाका सम्पूर्ण सामुदायिक र निजी विद्यालय मंगलबारदेखि चार दिनका लागि बन्द गर्न निर्देशन दिएको छ । 

शिक्षा कार्यालयको निर्देशनअनुसार जिल्लाका सबै सामुदायिक विद्यालय मंगलबारदेखि बन्द भएका छन् । तर, निजी विद्यालय भने मंगलबार पनि विद्यालय सञ्चालन गरेर सरकारी निर्णयलाई लत्याएका छन् । 

जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले विद्यालय बन्द गर्ने निर्णय एकलौटी गरेको भन्दै निजी विद्यालय सञ्चालकले विद्यालय बन्द नगर्ने बताएका हुन् । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया