काठमाडौं २७ जेठ /निजी विद्यालय र उच्चमाविले मनोमानी रुपमा स्टिकर टासेर पठन पाठन गराउने गरेको पाइएको छ ।
रातो स्टिकर पाएका विद्यालयका विद्यार्थीलाई हरियो स्टिकर टासी आफू सुरक्षित भएको दखाउन स्टिकरको दुरुपयोग गरेको भेटिएको छ ।
काठमाडौंको रेनर्स हाइस्कूललले आफनो गेटमै हामी सुरक्षित छनै भन्ने ब्यानर टासेर प्रचार गरिरहेको छ ।
विद्यालयको गेटमा स्टिकरको नामसमेत परीवर्तित गरी रातो झण्डापाएको भवन तीन उल्लेख गरी गेटसम्म ब्यानर टासेको छ । एन्सेटबाट स्वंसेवकको रुपमा अनुगमन पुगेका इन्जिनियर बिनीता ज्ञवालीलाई गुमराहमा राखी सो विद्यालयले मनानेमानी रुपमा गेटमा ब्यानर टास गरेको हो ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया