Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

साक्षरता कक्षाको अनुगमन र कारबाही तीब्र

बुधबार, २७ जेठ २०७२

काठमाडौं २७ जेठ/अनौपचारिक शिक्षा केन्द्रको टोलीले जिल्लामा सञ्चालित साक्षरता कक्षाको अनुगमन र कारबाही थालेको छ । जसका कारण जिल्लामा साक्षरता कक्षका नाममा रकम हिनामिना गर्नेहरुमा खैलाबैला मच्चिएको छ । 

अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गतको साक्षरता कक्षाका नाममा आएको ४ करोड ५२ लाख रुपैया कागजी आधार खडा गरी अनियमितता गर्ने दाउमा रहेका पर्साका विभिन्न संघ÷संस्था र व्यक्तिमा केन्द्रमाथि अनुगमन र कारबाही थालिएपछि स्थानीयबासी भने खुसी भएका छन् । 

शिक्षा मन्त्रालय अन्तर्गत रहेको केन्द्रका उपनिर्देशक बद्री पौडेल र शाखा अधिकृत अर्जुन रायमाझीसहित जिल्ला शिक्षा अधिकारीको टोलीले साक्षरता कक्षा सञ्चालन गर्न जिम्मा लिएर काम नगर्नेलाई निसाना पारेको शिक्षा कार्यालयले जनाएको छ । 

‘हामी काम गर्नेलाई चलाउदैनौ तर, काम नै नगरी दाम मात्रै लिने मनसाय पालेको गैरसरकारी संघ÷संस्थाको दर्ता खोरजीसम्मको प्रक्रिया अपनाउछौ,’पौडेलले भने,‘पहिलो दिनको अनुगमनमा जादा ३६ वटा कक्षा सञ्चालनको अनुमति लिएर एउटा पनि कक्षा सञ्चालन नगर्ने राष्ट्रिय बाल विकास र महिला कल्याण नेपाललाई कारबाही स्वरुप उसले लिएको पुरै कक्षा रद्ध गरेका छौ ।’ 

जिल्लामा साक्षरता कक्षा सञ्चालनको जिम्मेवारी लिने ८० संस्थामध्ये काम नगरेको पाइए अरुलाई पनि कारबाही गर्ने बताए । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया