Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पुस्तकको मुल्या नछापिदा ठगी

बुधबार, २७ जेठ २०७२

काठमाडौं २७ जेठ /पुस्तकको मुल्य प्रकाशित नहुदा जिल्लाका केही पुस्तक पसलेले मनपरी असुल गरिरहेको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । 

जनक शिक्षा सामाग्री केन्द्र  सानोठिमीले यसपल्ट प्रकाशन गरेको कक्षा ८ को पुस्तकमा मुल्य प्रकाशित नगर्दा  मनपरी अुसल गर्ने अवसर जुटाइदिएको हो । 

राजविराज ६ का एक विद्यार्थीले भने,‘किताबमा मुल्य नहुदा ५९ रुपैया पर्ने पुस्तकको एक सय रुपैया तिर्नुपरयो ।’ राजविराजका विद्यार्थीले अंग्रेजी बिषयको पुस्तक एक सय रुपैया तिर्नु परेको बताएका छन् । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया