Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तकमा विनियोजित रकम अपुग

बुधबार, २७ जेठ २०७२

काठमाडौं २७ जेठ /पाठ्यपुस्तकको लागि जिल्ला शिक्षाले विद्यालयमा विनियोजन गरेको बजेट अपुग हुने गरेको पाइएको छ । कक्षा ६, ७ र ८का पाठ्यपुस्तकमा शिक्षा कार्यालयले निकासा गरेको रकम र बिक्रेता खरिद मुल्यमा प्रतिसेट झण्डै १ सय रुपैया बढी अन्तर परेको छ । 

‘शिक्षाले निकासा गरेको बेजट र पाठयपुस्तक बिक्रेताले निर्धारण गरेको मुल्यमा धेरै अन्तर छ,’रमाइलो डाडा निमावि माडीका प्रअ ऋषिराम काफलेले भने,‘यसले विद्यालय प्रशासनलाई आर्थिक व्ययभार थपेको छ ।’

कक्षा आठको प्रतिसेट पाठ्यपुस्तकलागि ३ सय ७७ रुपैया उपलब्ध गराएको थियो । बिक्रेताले भने एक सेटका लागि ४ सय ९३ रुपैयाको दरले रकम लिएको काफ्लेले बताए । त्यस्तै कक्षा ६ मा ३५ रुपैया र कक्षा ७ मा प्रतिसेट ७३ रुपैया बढी तिर्नु परेको उनले बताए । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया