Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षक नगएपछि सेनाले पढाउन थाल्यो

विहीबार, २८ जेठ २०७२

काठमाडौं २८ जेठ/विद्यालय सञ्चालन भएको तेस्रो साता बितिसक्दा पनि ठूलो हाकुमा रहेको हाकू माविमा शिक्षकहरु उपस्थित नभएको पाइएको छ । 

भूकम्पपछि एक महिनासम्म बन्द भएको विद्यालय सरकारले जेठ १७ गतेबाट सुचारु गर्न निर्देशन दिएपनि शिक्षकहरु विद्यालय पुगेका छैनन । 

नारायण दल धुन्चेबाट खटिएका नेपाली सेनाले विद्यालय सञ्चालनका लागि अस्थायी टहरा निर्माण गरिसकेका छन् । उक्त विद्यालयमा करिब ३ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । शिक्षक उपस्थित नभएपछि नेपाली सेनाले नै अध्ययापन गराइरहेको स्रोतले बतायो । 

विद्यालयमा अत्यावश्यक रहेको शौचालय तथा धारासमेत नेपाली सेनाले नै निर्माण गरेको गणपति लक्ष्मण थापाले बताए । 

विद्यालयका शिक्षक उपस्थित नभएपछि सेनाका ५ जना शिक्षकले नियमित अध्यापन गराउदै आएका छन् । बुधबार ३ जना शिक्षक विद्यालय हाजिर भएके जानकारी प्राप्त भएको छ । 

जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटालेल मंगलबारबाटै शिक्षक विद्यालय पुगेको जानकारी दिए । अब  हाकुमा ८ कक्षासम्म मात्रै पढाउने र नौ र १० कक्षाका विद्यार्थीलाई रसुवा उमाविमा ल्याउने बताए । रसुवा उमावि ल्याइएका विद्यार्थीलाई खाना र बासको समेत व्यवस्था गरिने सापकोटाले बताए । 

आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया