Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

निजीलाई विद्यार्थी टिकाउनै मुस्किल

विहीबार, २८ जेठ २०७२

काठमाडौं २८ जेठ /वैशाख १२ को भूकम्पको कारण काठमाडौं उपत्यकाका विद्यार्थीले राजधानी छाड्ने क्रम बढिरहेको छ । निजी स्कूलका सञ्चालकलाई यतिबेला स्कूलमा विद्यार्थी टिकाउनै मुस्किल परेको छ । 

काठमाडौं उपत्यकाका तीनै जिल्लामा करिब १ हजार ६ सय निजी विद्यालय सञ्चालित छन् । ती विद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययन गरिरहेको प्याब्सनले जनाएको छ । 

भूकम्पको त्रासले १० देखि १५ प्रतिशत विद्यार्थीले उपत्यका छाडिसकेको प्याब्सन महासचिव डिके ढुङगानाले बताए । उनको सानेपा स्थित रेडियन्ट रिडर्स स्कूलमा एक हजार विद्यार्थी मध्ये २ सय ५० विद्यार्थी गाउ फर्किको बताए । 

प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले आफनो सूर्योदय स्कूलमा ५ सय विद्यार्थी भर्ना भएकोमा ५० जना घटेको बताए । ललितपुरको लिटिल एन्जल्समा पनि २ सय विद्यार्थी घटेको सभाषद एवं सञ्चालक उमेश श्रेष्ठले बताए । 

आजको नागरिक दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया