Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एसएलसीका १७ हजार विद्यार्थी आयोग्य

विहीबार, २८ जेठ २०७२

काठमाडौं २८ जेठ /गत चैत लिएको एसएलसी परीक्षामा झण्डै १७ हजार आयोग्य परीक्षार्थी सहभागी भएको पाइएको छ । 

परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार पौने ६ लाख परीक्षार्थीमध्ये करिब १७ हजार परीक्षार्थी अयोग्य पाइएका हुन् । 

७५ प्रतिशत हाजिर नपुगेका र परीक्षा फारम भरेर परीक्षामा अनुपस्थित भएकालाई परीक्षा नियन्त्रण कार्यालयले अयोग्यको सुचीमा राखेको छ । परीक्षामा एक हजार ५ सय परीक्षार्थी निस्काशित भएको पनिकाले जनाएको छ । 

पनिकाले असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने गरी काम तिब्रता दिइएको जनाएको छ । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया