Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

छोरीसँगै स्कुल पढ्दै आमा

विहीबार, २८ जेठ २०७२

उमेर ३० कक्षा ४ 

काठमाडौं २८ जेठ /उमेरले झन्डै ३० वर्ष पुग्नै लागिन बेलच्पुरा कठायत । सानो छँदा भेडाबाख्राको गोठालो र बुझ्ने हुँदा घरको चुलोचौकोमै उमेर बिताएकी बर्दिया नेउलापुर(५ की बेलच्पुराको दैनिकी हिजोआज भने फेरिएको छ । पहिले एकाबिहानै गाई(भैसीको सोत्तर स्याहार्न गोठमा जाने गरेकी उनी हिजोआज भने बिहानै कापीकलम बोकेर छोरीहरुलाई डोहोर्‍याउँदै स्कुल पुग्छिन् ।

तीन सन्तानकी आमा बेलच्पुरा अहिले बर्दिया त्रिभुवन उच्च मावि भुरीगाउँमा कक्षा ४ मा भर्ना भएकी छन् । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै उनी अध्ययन गरिरहेकी छन् । उनका तीन छोरीमध्ये दुई छोरी त्यही विद्यालयमा पढ्छन् । जेठीलाई भने बोडिङ स्कुलमा भर्ना गरेकी छिन् । 

तीन वर्षअघि उनी गाउँकै एक प्राथमिक विद्यालयमा जेठी छोरीसँगै कक्षा १ मा भर्ना भएकी थिइन् ।

सामान्यतया प्राथमिक तह अध्ययन गर्ने उमेर १० वर्षसम्म हो । तर, उमेर तीन दशक पुग्दा पनि स्कुलमै गएर प्राथमिक तह पूरा गर्ने उनको यो अठोटलाई सबैले स्याबासी दिएका छन् ।

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया