Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विद्यालय भवन कस्तो बनाउने ?

शुक्रबार, २९ जेठ २०७२

छलफल सुरु 

काठमाडौं २९ जेठ /सरकारले कमजोर संरचनाका कारण विद्यालय भवनहरु बढी क्षति भएको निष्कर्षसहित बलिया र भूकम्पप्रतिरोधी भवन बनाउन छलफललाई तिब्रता दिइएको छ । 

शिक्षा विभागले बिहीबार विज्ञसहितको टोलीलाई राखेर अब बन्ने भवनको खाका तयार गर्न छलफल सुरु गरेको हो । 

यसअघि सहरी क्षेत्रमा २४ लाखमा चार कोठे भवन बनाउनु पर्ने हुन्थ्यो । यसमा समुदायको २५ प्रतिशत सहभागि अनिवार्य गरिएपनि व्यवहारमा लागू भएको थिएन । 

ग्रामिण क्षेत्रमा माटो र ढुङगा प्रयोग गरेर विद्यालय भवन बनाइने गरेको थियो । यसपालीको भूकम्पले कच्ची कक्षा कोठा पूर्ण रुपमा क्षति भएपछि नया ढाचाबाट बलिया र भूकम्पप्रतिरोधी कक्षाकोठा बनाउन लागिएको हो । ‘बिगतको ढाचाले काम नगर्ने भएपछि अब कस्तो भवन बनाउने भन्ने खाका तयार गर्न लागेका छौ,’विभागका निर्देशक राजेन्द्र पौडेलले भने,‘अहिले भत्किएका संरचना बनाउन पहिलोको जस्तो एउटै खाका हुदैन । ठाउ“ अनुसार फरक बन्न सक्नेछ ।’

विभाग, मातहत कार्यालयका प्राविधिक सहित राखेर सुरु गरेको छलफलमा भवन निर्माणका विज्ञहरु समेत सहभागि छन् । अब बन्ने विद्यालय भवनको खाका तयार गर्न विज्ञ सहितको प्राविधिकलाई तीन समूहमा विभाजन गरेर छलफल अघि बढाइएको थियो ।

इन्जिनियर उद्धव नेपालका अनुसार एउटा समूहले डिजाइन, कार्यन्वयन पक्ष, अर्को समूहले विद्यालयमा हुनु पर्ने सुविधा, तेस्रो समूहलाई समुदायको सहभागिता कसरी बढाउने भन्ने सुझाव लिइएको थियो । ‘सबै समूहको सुझावको आधारमा विद्यालय भवन निर्माणको खाका तयार हुन्छ,’विभागका उपनिर्देशक शिवप्रसाद उप्रेतीले भने । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

 

प्रतिक्रिया