Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

५० प्रतिशत शुल्क मिनाहा गर्ने तयारी

शुक्रबार, २९ जेठ २०७२

काठमाडौं २९ जेठ /सरकारले भूकम्प प्रभावित जिल्लाका निजी विद्यालयमा वैशाखको शुल्कमा आधा छुट दिने गृहकार्यमा लागेको छ । 

विद्यार्थी संगठन, अभिभावक र निजी विद्यालय सञ्चालकबीच पटक पटकको बैठकमा सहमति नभएपछि शिक्षा मन्त्रालय आफैले शुल्क आधा मिनाहा गर्न निर्देशन दिने तयारी गरेको छ । 

विद्यार्थी संगठनले वैशाख महिनाको शुल्क पुरै मिनाहाको माग गरिरहेका छन भने निजी विद्यालयले बिहीबार बैठक गरेरै अतिरिक्त शुल्क नलिने निर्णय गरेका छन् । 

कम्प्यूटर, यातायात लगायत शीर्षकमा छुट गरेर पनि मासिक शुल्कमा ५० प्रतिशत छुट गराउने प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले निर्णय गरेको थियो । अभिभावक र विद्यार्थी संगठन भने निजी विद्यालयले स्पष्ट रुपमा मासिक शुल्कमै ५० प्रतिशत छुट भनेर आखामा छारो हाल्न लागेको आरोप लगाएका छन् । 

निजी विद्यँलयले यसअघिनै यातायात र होस्टेलको एक महिना शुल्क नलिने निर्णय गरिसकेका थिए । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया