Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

‘शिक्षामा हुकुमी शैली’

सोमबार, ३२ जेठ २०७२

काठमाडौं ३२ जेठ /बैशाख १२ को भूकम्पले राष्ट्रमा पारेको विपत्तीमा सरकारी सेवामा कार्यरत सबै क्षेत्र र तहका कर्मचारीहरुको तर्फबाट राहत रकम पठाउन सरकारले निर्देशन दिएपनि शिक्षा कार्यालय काभ्रेले पालना नगरेको भन्दै शिक्षकहरु आक्रोसित भएका छन् । 

शिक्षा कार्यालयले सरकारले दिएको निर्देशन समेत नमानेको भन्दै जिल्लामा कार्यरत शिक्षकहरुले जिल्ला दैवि प्रकोप समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।

‘सरकारले दिएको निर्देशन डेढ महिनासम्म कार्यान्वयन हुदैन, जसका कारण काभ्रेका सबै शिक्षकहरुको बदनाम भयो,’नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्यामप्रसाद पाण्डेयले भने,‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तर्फबाट भूकम्प पीडितलाई सहयोग गर्न तलब कट्टी गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय शिक्षा कार्यालयले अटेर गर्दै आएको छ ।’

शिक्षा अधिकारी दिपेन्द्र गुरुङले शिक्षहरुको भावना विपरीत एकलौटी र लोकतान्त्रिक गणतन्त्र नेपाल राज्यले लिएको सहभागितामुलक निर्णय प्रक्रियालाई समेत वेवास्ता गर्दै पञ्चायतकालिन हुकुमी शैलि झल्कने गरी कार्यालयले गतिविधि गरेको सरोकारवालाहरुले बताएका छन् । 

‘शिक्षा कार्यालयबाट ५० लाख भन्दा धेरै रकम राहत कोषमा जम्माहुन्छ,’ कोष तथा लेखा नियन्त्रण कार्यालयका  प्रमुख रामबहादुर खड्काले भने,‘पटक पटक ताकेता गर्दा समेत शिक्षा कार्यालयले रकम पठाएन ।’ 

आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया