Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

डुङगा चढेर स्कूल

सोमबार, ३२ जेठ २०७२

काठमाडौैं ३२ जेठ /भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहर, टरगा र तातोपानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन् । 

बाढीले भेरी नदीको पुल बगाएपछि स्कूल पुग्दा हरेक दिन काठको डुङगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने उनीलाई बाध्यता छ । 

गत वर्ष साउनमा भेरी नदीमा आएको बाढीले बगाएका झोलुङगे पुल अर्को साउन आउन लाग्दा पनि बनेको छैन । त्यसैले त्यहाका विद्यार्थी ज्यान जोखिममा राखेर हरेक दिन भेरी डुङगा चढेर स्कूल आवतजावत गरिरहेका छन् । 

स्कूलसम्म पुग्न नदीमा पुल नहुदा उनीहरुसंग काठको डुङगा चढनुपर्ने अर्को बिकल्प पनि छैन । हरिहरपुरको डोप्का, सिस्नेरी, थापाडेरा र गिरीघाटबाट विद्यालय जान भेरी नदी पार गर्नुपर्छ । यस क्षेत्रमा बाढीबाट बिस्थापित परिवारका शिविर पनि छन् । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया